काठमाण्डु – सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतबार दिउँसो भएको प्रेसर कुकर बम विष्फोटमा परी ७ जना घाइते भएका छन् ।
उक्त विस्फोटमा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । घाइते भएका दिनेशकुमार भण्डारीलाई हेलिकप्टरबाट काठमाण्डु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।
विष्फोटपछि भएको आगलागीका कारण कार्यालयका कागजात जलेका छन् । आगो निभाउन लहान नगरपालिकाका वारुण यन्त्र घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया