काठमाण्डु – नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने प्रस्ताव राखेका हुन् ।
श्रोतका अनुसार प्रचण्डले यसअघि बसेको स्थायी समिति बैठकमा सहमति भए बमोजिम पार्टीको नाम नेकपा माओवादीबाट हटाएर ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्न प्रस्ताव गरेका छन् ।
२०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेकोमा सर्वोच्च अदालतले गत फागुन २२ गते नेकपा एमाले र माओवादी केन्द्र ब्यूताईदिएको थियो ।
त्यसपछि पूर्ववत अवस्थामा फर्किएको माओवादी केन्द्रले पार्टी एकताको भाव मेटिने र अन्य पार्टीबाट एकीकरणमा आउन चाहनेलाई पनि नामले अप्ठेरो पार्ने भएपछि नाम फेर्ने प्रस्ताव आएको थियो ।




प्रतिक्रिया