एमालेतिर लागेका सांसदलाई पार्टीमा फर्काउन माओवादी केन्द्रले पत्र पठाउने

एमालेतिर लागेका सांसदलाई पार्टीमा फर्काउन माओवादी केन्द्रले पत्र पठाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले नेकपा एमालेतिर लागेका सांसदहरूलाई पार्टीमा फर्काउन औपचारिक पत्र पठाउने भएको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले एमालेतिर लागेका आफ्ना नेता तथा सांसदहरूलाई पार्टीमा फर्काउन औपचारिक पत्र पठाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

यसअघि शनिबार माओवादी केन्द्रले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउनुका साथै स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर २४ घण्टाको समय वितिसक्दासमेत उनीहरू पार्टीमा नफर्किएपछि माओवादी केन्द्रले औपचारिक पत्र पठाउने निर्णय गरेको हो ।

अहिले ओली सरकारमा रहेका गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानी तथा सरसफाई मन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभू साह, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकूदमन्त्री दाबा लामा माओवादी खेमाका नेताहरु हुन् ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका गरी १३ सांसद एमालेतिर लागेका छन् ।