माओवादीको केन्द्रीय कमिटी सदस्य ४ हजारबाट २ सयमा झर्‍यो

माओवादीको केन्द्रीय कमिटी सदस्य ४ हजारबाट २ सयमा झर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य २ सय रहने भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको माओवादी केन्द्रिय कमिटीको बैठकले एमालेसँग एकता गर्दाको संख्या नै कायम राख्ने निर्णय गरेको हो ।

आजको केन्द्रीय समिति बैठकमा करिब १ सय ८५ जना सहभागी सहभागी भएको माओवादी केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

उनले एमालेसँगको एकतापछि ५ जना केन्द्रीय सदस्यको मृत्यु भएको र १० जना सदस्य अनुपस्थित रहेको उनले बताए । पार्टी एकताअघि माओवादी केन्द्रमा झन्डै ४ हजार जनाको केन्द्रीय समितिको संख्या रहेको थियो ।