काठमाण्डु – नेकपा एमालेले गरेको निर्णय कार्यान्वयन नगर्न माग गर्दै माधव नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णय पार्टीको वैधानिक व्यवस्था, संगठनात्मक प्रणाली र एकतामाथि आघात पु¥याउने र अवैधानिक भएकाले कार्यान्वयन नगराउन माग गर्दै नेपाल समूह निर्वाचन आयोग पुगेको हो ।
नेपाल समूहका ११ जना स्थायी कमिटी सदस्यहरुले आयोगलाई अोलीको गुटगत भेलाले गरेको निर्णयलाई मान्यता नदिन आग्रह गरेका छन् । उनीहरुले उक्त निर्णय सच्चिएर आए मात्र वैधानिकता दिन आग्रह गरेका छन् ।
‘हामी निदवेकसमेत पार्टीका नेताहरु हाम्रो पार्टीलाई विधिसम्मत किसिमले सञ्चालन गर्दै एकतावद्ध र एकीकृत बनाइ राख्न दृढ संकल्पित भएकोले उपर्युक्त वैधानिक व्यवस्था विपरीतको निर्णयलाई आयोगमा विवरण सच्याउन माग भई आएमा त्यस्तो अनधिकृत निर्णयलाई त्यस आयोगबाट वैधानिकता नदिन अनुरोध गर्दै अनधिकृत, अवैधानिक र संविधान तथा सर्वोच्च अदालतको फैसला विपरीतका कुनै पनि व्यक्ति विशेष वा गुट विशेषका निर्णयलाई वैधता नदिन हुनका लागि यो निवेदन पेस गरेका छौँ,’ पत्रमा भनिएको छ ।




प्रतिक्रिया