लहान बम विस्फोटको जिम्मा दिँदै गोइत समूहले दियो यस्तो चेतावनी

लहान बम विस्फोटको जिम्मा दिँदै गोइत समूहले दियो यस्तो चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तराई मधेशमा लामो समयसम्म सशस्त्र संघर्ष गर्दैै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले आइतबार लहानमा भएको बम विस्फोटको जिम्मा लिएको छ ।

बम विस्फोटपछि एक विज्ञप्ति जारी गर्दै जयकृष्ण गोइत नेतृत्वको क्रान्तिकारीले आफ्नो प्रभाव देखाउनकै लागि लहानमा आइतबार विस्फोट गराएको प्रस्ट पारेको हो । विगत १५ वर्षदेखि तराई मधेशमा आन्दोलन गरिरहेको गाइत समूहले अझै उच्चस्तरको कारवाही गर्ने चेतावनी दिएको छ ।

गोइलते विज्ञप्तिमा तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयमा कारवाहीस्वरुप प्रेसर कुकर बम विष्फोट गराएको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन स्वतन्त्र गठबन्धनको नेतृत्व गरेका सिके राउत, नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका विप्लवसँग वार्ता गरेर उनीहरुलाई मूलधार ल्याएपछि देशमा अब कुनै अतिवाद तथा सशस्त्र द्वन्द्व नरहेको घोषणा गरेका थिए ।

माओवादी शान्ति प्रकृयामा आएपछि जयकृष्ण गोइतले सशस्त्र संघर्ष सुरु गरेका थिए । उनको संगठनबाट थुप्रै व्यक्तिहरु अलग भएर आ–आफ्नो संगठन बनाएर केही समय क्रियाशील रहे भने उनीहरुमध्ये सबैजसो सरकारसँग वार्ता गरेर सशस्त्र संघर्ष त्यागिसकेका छन् । तर गोइत अझै भूमिगत भएर सशस्त्र आन्दोलन गरिरहेका छन् ।