काठमाण्डु – प्रगतिशील नेपाली समाज समितिले भारतले भारतभर संगठन विस्तारको काम थालेको छ ।
प्रगतिशील नेपाली समाज समिति भारत माहाराष्ट्र राज्य सिरुन जिल्ला समितिले कोभिड–१९ महामारीपछि पहिलोपटक भेटघाट तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
प्रशिक्षण कार्यक्रम टेकराज थापाको अध्यक्षतामा पुर्णसिङ तिखार्तिले संचालन गरेका थिए । सो संगठनका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीले देशलाई समृद्ध नेपाल बनाउन उच्च भिजन भएको नेतृत्वको आवस्यक रहेको बताएका थिए ।
उनले विगतमा डाक्टर बाबुराम भट्टराईले उठाएका राजनीति एजेन्डाले अहिले देश चलेको बताए । उनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि प्रवासी नेपाली नेपालीहरुको उल्लेखनीय भुमिका रहेको बताए ।
‘हिजोका दिनमा प्रवासी नेपाली गणतन्त्र प्राप्तिको आन्दोलनमा एकीकृत नभएको भए अहिलेको परिवर्तन सम्भवहुने थिएन,’ उनले भने । आगामी दिनमा देश समृद्धि र विकासको लागि राज्यले प्रवासी नेपालीहरुलाइ विषेश स्थान दिनुपर्ने बताए ।




प्रतिक्रिया