सत्ता समीकरणका लागि पार्टीका एजेण्डा नलत्याउन नेतृत्वलाई जसपा सांसदको चेतावनी

सत्ता समीकरणका लागि पार्टीका एजेण्डा नलत्याउन नेतृत्वलाई जसपा सांसदको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका सांसदहरुले पार्टी एकतामा आँच आउने काम नगर्न नेतृत्वलाई चेतावनी दिएको छ ।

आइतबार अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसदहरुको बैठकले सत्ता समीकरणका लागि पार्टीका एजेण्डालाई लत्याएर कसैसँग पनि सम्झौता नगर्न चेतावनी दिएको हो ।

बैठकमा सहभागी उक सांसदकाअनुसार सत्ता समिकरणका लागि सबैसँग पनि सति जाने गरी सम्झौता नगर्न नेतृत्वलाई सचेत गर्ने निर्णय भएको छ ।

सांसद प्रमोद साहले सत्ता समीकरणबारे छलफल गर्दा पार्टीले अघि सारेको तीन बुँदे एजेन्डालाई छोडेर सम्झौता नगर्न आफूहरूले सुझाव दिएको जानकारी दिए ।

जसपाले रेशम चौधरीको रिहाई, मधेश आन्दोलनमा लागेका सबैमुद्दा फिर्ता र संविधान संशोधनको एजेण्डा उठाएको छ । जसपाले माओवादी केन्द्र र नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठन गर्ने बताउँदै आएको छ ।