प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । उनीहरुबीच करिब ४ महिनापछि पहिलोपटक भेट हुन लागेको हो ।

सोमबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुन लागेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएपनि नेता नेपालले पार्टी कार्यालयमा भेट गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले मंगलबार अर्थात चैत ३ गते बालुवाटरमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । उनले नेकपा एमालेका केन्द्रीय सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् । नेपाल समूहले उक्त चियापान कार्यक्रम बहिस्कार गर्नै बताउँदै आएको छ ।

त्यस्तै एमालेको केन्द्रीय कमिटीको बैठक चैत ७ गतेका लागि बोलाइएको छ । प्रधानमन्त्री अ‍ोलीले नेपाल समूहलाई पनि सार्वजनिक कार्यक्रममार्फत बैठकमा उपस्थित हुन आह्वान गरेका हुन् ।

उनले गत फागुन २८ गते आफू पक्षका केन्द्रीय सदस्यलाई बालुवाटार बोलाएर विभिन्न जिम्मेवारी दिएपछि नेपाल पक्ष रुष्ट हुँदै आएको छ । प्रधानमन्त्री ओलीले नेपाल समूहका सबै नेताहरुको जिम्मेवारी खोसेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको हो । आजको भेटवार्तामा यी सबै विषयमा छलफल हुने स्रोतले जानकारी दियो ।

भेटमा अध्यक्ष ओली, झलनाथ खनाल, प्रदीप ज्ञवाली, विष्णु पौडेल र महासचिव इश्वर पोखरेलसहितका नेताहरु सहभागी हुने एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।