काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पक्षका नेताहरुको बैठक बोलाएका छन् । मंगलबार बिहान बल्खुमा बैठक बोलाएको उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार प्रधानमन्त्री केपी शर्मा अोलीले उपाध्यक्षसहित एमालेका सबै पदाधिकारी खारेज गरेपछि सोही विषयमा छलफल गर्न बैठक बोलाएका छन् ।
‘पछिल्ले विकशित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय लिन उहाँले बैठक बोलाउनु भएको छ’, उनले काठमाण्डुपाटीसँग भने ।
उपाध्यक्ष गौतमले प्रधानमन्त्री अोलीसँग मिल्ने र सँगै जाने सबै सम्भावना समाप्त भएको घोषणा गरेका थिए । आफ्नो उपाध्यक्ष पद खोसिएपछि नेता गौतमले यस्तो बताएका हुन् ।
गत शुक्रबार प्रधानमन्त्री ओलीले महासचिवबाहेकका सबै पद खारेज गरेका थिए । त्यस्तै प्रधानमन्त्री अोलीले एमालेमा माधव नेपाल समूहका नेताको जिम्मेवारी पनि खोसेका थिए ।
उनले आफू निकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षले पाएका सबै जिम्मेवारी खोसेपछि नेपाल पक्ष रुष्ट बन्दै आइरहेको छ ।




प्रतिक्रिया