प्रहरी भन्छः गच्छदारलाई पक्राउ गर्न अदालतबाट पत्र आएको छैन्

प्रहरी भन्छः गच्छदारलाई पक्राउ गर्न अदालतबाट पत्र आएको छैन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विशेष अदालतले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको घरमा म्याद तामेली टाँस गरेको छ ।

उनी एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका बताएपनि प्रहरीलाई भने अदालतले पत्र नलेखेको पाइएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले अदालतले पक्राउ गरेर बुझाउन पत्र नलेखेको जानकारी दिए ।

‘अदालतले प्रहरीलाई पत्र लेखेको छैन् । उहाँ (गच्छदार) लाई पक्राउ गरेर दाखिला गर्ने भनेर पक्राउ पूर्जीसहितको पत्र छैन्’, प्रवक्ता कुँवरले भने ।

विशेष अदालत काठमाण्डुले ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारको सुनसरीस्थित निवासमा फागुन २३ गते १५ दिने म्याद तामेली टाँस गरेको थियो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले ‘मान्छे फेला नपरेको’ भनेर गच्छदारको घरमा म्याद तामेली टाँस गरेको काठमाण्डुपाटीलाई बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् ।