काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाउने भएकी छन् ।
राष्ट्रपति भण्डारीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज अपरान्ह ४ बजे कोरोनाको भ्याक्सिन लगाउने भएकी हुन् ।
राष्ट्रपति भण्डारी चैत ९ गते बंगलादेश भ्रमणमा जाँदैछिन् । दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जान लागेकी राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने बताइएको छ ।
उनको भ्रमणको मिति मन्त्रिपरिषद् बैठकबाट पास हुन बाँकी छ । दूतावासले राष्ट्रपति भ्रमणबारे गृहकार्य जारी रहेको बताएको छ ।




प्रतिक्रिया