प्रधानमन्त्रीसँग नेपाल समूहले भन्योः फागुन २८ का निर्णय स्वीकार्दैनौं

प्रधानमन्त्रीसँग नेपाल समूहले भन्योः फागुन २८ का निर्णय स्वीकार्दैनौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले फागुन २८ गतेको निर्णय फिर्ता गर्न माग गरेको छ ।

सोमबार पार्टी कार्यालयमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल समूहको बैठकमा फागुन २८ गतेका निर्णय फिर्ता लिन आग्रह गरेको हो ।

नेता रघुजी पन्तले दुवै पक्षले आ–आफ्नो अडान कायम राखेको बताए । उनले आगामी दिनमा छलफल जारी राख्ने सहमति भएको बताए । उनले कुराकानी सकारात्मक रहेको भन्दै आगामी दिनमा एमालेलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा छलफल भएको बताए ।

उनले भने, ‘२८ गते भएको बैठकका निर्णय थाहा छैन । निर्णय स्वीकार्दैनौं । त्यो बैठक विधानअनुसार छैन। स्वीकार्न सकिन्न भनेर हामीले भनेका छौं ।’

प्रधानमन्त्री अ‍ोलीले आफू निकट केन्द्रीय सदस्यको बैठक बोलाएर प्रदेश इञ्चार्ज परिवर्तनलगायत विभिन्न नियुक्ती गरेका थिए ।