सन्ध्या तिवारी अध्यक्ष रहेको एमालेको नाम फेरियो, राखियो ‘जजपा’

सन्ध्या तिवारी अध्यक्ष रहेको एमालेको नाम फेरियो, राखियो ‘जजपा’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेको नाम परिवर्तन गरिएको छ ।

नेकपा नाम विवादमा किनारा लगाउँदै सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि तिवारी अध्यक्ष रहेको नेकपा एमालेको नाम परिवर्तन गरिएको हो ।

सोमबार केन्द्रीय कमिटीको बैठक बसेर नेकपा एमाले परिवर्तन गरेर ‘जनताको जनवादी पार्टी (जजपा)’ राखेर दल दर्ता गरिएको उपाध्यक्ष भगवती खड्का युनिकाले जानकारी दिइन् ।

निर्वाचन आयोगले नाम परिवर्तन गर्न दिएको अवधिभित्र तिवारीले आफ्नो पार्टीको नाम जनताको जनवादी पार्टी (जजपा) राखेर दल दर्ता गराएकी हुन् ।

पार्टीको दल दर्ता प्रमाणपत्र भने आउन बाँकी रहेको उपाध्यक्ष खड्काले बताइन् । सो पार्टीको चुनाव चिन्ह भने यसअघि दिइएकै पहाडबाट उदाउँदो सूर्य रहेको छ ।