दुई दिने बङ्गलादेश भ्रमणमा ढांका जादैं राष्ट्रपति भण्डारी

दुई दिने बङ्गलादेश भ्रमणमा ढांका जादैं राष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने बङ्गलादेश भ्रमणमा जाने भएकी छन् । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी यही चैत ९ र १० गते बङ्गलादेशको राजकीय भ्रमणमा जान लागेकी हुन् । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै भ्रमणको जानकारी दिएको हो ।

भ्रमणदलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव भरत पौडेललगायत वरिष्ठ अधिकारी तथा सम्बन्धित मन्त्रालयका मन्त्री सहभागी हुने कार्यक्रम छ।

बङ्गलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बङ्गलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा समेत राष्ट्रपति सहभागी हुने कार्यक्रम छ । रहमान अहिले प्रधानमन्त्री रहेकी शेख हसिनाका पिता हुन ।

राष्ट्रपतिले भम्रमणकै बेला ‘नेपाल र बङ्गलादेशको सम्बन्ध र बङ्गलबन्धुको जन्म शताब्दी’ को बारेमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीको भ्रमणको सम्पुर्ण तयारी पुरा भएको परराष्ट्र स्रोतले जानकारी दियो ।

राष्ट्रपतिको विदेश यात्राको तयारीलाई मध्यनजर गर्दै उनले कोभिढ १९ विरुद्धको सोमबार खोप समेत लगाइसकेकी छन् । राष्ट्रपति भण्डारीले टिचिंग अस्पतालमा मित्रराष्ट्र बङ्गलादेशको भ्रमणमा जान लागेकोले खोप लगाएको संचारकर्मीलाई बताईन ।