काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको चियापान कार्यक्रममा खनाल–नेपाल समूहसहित पार्टीका सबै केन्द्रीय नेताहरुलाई निमन्त्रणा गरिएको छ ।मोबाइल एसएमएसमार्फत सबै केन्द्रीय सदस्यहरुलाई सन्देश पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तर ओलीले बोलाएको चियापान कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह नजाने भएके छ ।
नेपाल–खनाल समूहले गत फागुन २८ गते अध्यक्ष ओलीले गरेको महासचिव र अध्यक्षबाहेकका पदाधिकारी खारेज र विभिन्न प्रदेश तथा संगठनमा नयाँ व्यक्ति नियुक्त गर्ने निर्णय खारेजी माग गर्दै आएको छ ।
पछिल्लो समय राजनीतिक शक्ति संघर्ष चर्किरहेको बेला ओलीले चियापान कार्यक्रम आयोजना गर्नुलाई अर्थपूर्ण मानिएको छ ।




प्रतिक्रिया