काठमाण्डु – आजको संसद बैठक सकिएको छ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभाको बैठक पूर्वसांसद एवं खानेपानीमन्त्री दिनेशचन्द्र यादवको निधमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।
अबको अर्को बैठक ६ गते शुक्रबार दिउँसो १ बजे बस्न सभामुख अग्नी सापकोटाले जानकारी दिए । यस्तै बैठकमा सभामुख सापकोटाले जनता समाजवादी पार्टी (जसपा)ले सांसद सरिता गिरीलाई पदमुक्त गरेको जानकारी गराए । गिरीले दलको निर्देशन उल्लंघन गरेकाले पदमुक्त गर्ने उनको पार्टीले निर्णय गरेको थियो ।
त्यस्तै सूर्यबहादुर केसीको निधनपछि रिक्त रहेको सांसद पदमा चयन भएका मोहनप्रसाद पाण्डेलाई सभामुखले स्वागत गरे । पुनर्स्थापित संसद तत्कालिन नेकपाको आन्तरिक कलहको सिकार बनेको छ । संसदमा तीनवटा बैठक बसे पनि कुनै एजेन्डामा प्रवेश गर्न पाएको छैन । सरकारले ल्याएको ७ वटा अध्यादेश अलपत्र परेका छन् ।




प्रतिक्रिया