माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड चयन, देव गुरुङ प्रमुख सचेतक

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड चयन, देव गुरुङ प्रमुख सचेतक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । त्यस्तै बैठकले प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरेको छ । माओवादी केन्द्रले संसदीय दलको उपनेता र सचेतक चयन गर्न अझै बाँकी नै छ ।

माअ‍ोवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा केपी शर्मा अ‍ोली थिए भने देव गुरुङ प्रमुख सचेतक थिए । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि एमलो र माओवादी केन्द्र ब्यूँतिएको थियो ।

र यो पनि

माओवादी केन्द्र राष्ट्रियसभा संसदीय दलको नेतामा दिनानाथ शर्मा