काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल नजाने भएका छन् ।
राष्ट्रपति भण्डारीले साँझ ४ बजेका लागि बोलाएको सर्वदलीय बैठकमा नेता नेपाल र खनाल नजाने भएको नेता विष्णु रिजालले जानकारी दिए ।
उनले बुधबारका लागि बोलाईको राष्ट्रिय भेलाको तयारी गर्नुपर्ने भएकाले उनीहरु राष्ट्रपतिले बोलाएको बैठकमा नजाने बताए ।
त्यस्तै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबराम भट्टराई पनि राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन् ।
उनको स्वास्थ्यमा समस्या देखिएका कारण उनी बैठकमा उपस्थित हुन नसक्ने उनका स्वकिय सचिव रोशन पोखरेलले जानकारी दिए ।




प्रतिक्रिया