प्रदेश सांसदले गुट बदल्न थाले, पद्मा खड्का ओली समूहमा लागिन्

प्रदेश सांसदले गुट बदल्न थाले, पद्मा खड्का ओली समूहमा लागिन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले पुनस्थापनासँगै कर्णाली प्रदेशसभाका सांसदहरूले गुट परिवर्तन गर्न थालेका छन् ।

तत्कालिन नेकपा विभाजनपछि प्रचण्ड–नेपाल समूहमा देखिएकी प्रदेश सांसद पद्मा खड्का प्रधानमन्त्री केपी ओली समूहमा लागेकी हुन् ।

सांसद खड्कालाई एमालेको कर्णाली प्रदेश इञ्चार्ज यमलाल कँडेलले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गराएका थिए । प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको भेटपछि खड्काले नेपाल समूह छाडेकी हुन् ।

पार्टीभित्र विवाद बढ्दै गएपछि ओलीले कर्णाली प्रदेशसभामा रहेका नेपाल समूहका सांसद आफूतिर तान्ने प्रयास गरिरहेका छन् । कर्णाली प्रदेशसभामा एमालेभित्र नेपाल समूह बलियो अवस्थामा छ । कर्णाली प्रदेशसभामा एमालेका २० सांसदमध्ये ११ सांसद नेपाल पक्षका छन् ।