काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री राम बहादुर थापा बादल शितलनिवास पुगेका छन् ।
राष्ट्रपति भण्डारीले पछिल्लो समसामयीक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न ४ बजेका लागि बैठक बोलाएकी थिइन् । प्रचण्ड सबैभन्दा पहिला राष्ट्रपति कार्यालय पुगेका छन् । प्रचण्ड ३ः५६ मै सितल निवास पुगेका थिए ।
त्यस्तै प्रधानमन्त्री ओली भन्दा अघि गृहमन्त्री राम बहादुर थापा बादल पुगेका थिए । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल भने नजाने भएका छन् । त्यस्तै जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई पनि नजाने भएका छन् ।




प्रतिक्रिया