काठमाण्डु – शीतल निवासमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक सुरु भएको हो ।
पछिल्लो समय विकशित भएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई शीतल निवास बोलाएकी थिइन् ।
बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो, राप्रपाका प्रकाशचन्द्र लोहनी, नेमकिपाका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीहरू सहभागी छन् ।
बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधी, शशांक कोइाराला, माअोवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङ सहभागी छन् ।
नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बैठकमा सहभागी भएनन् ।




प्रतिक्रिया