काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक सकिएको छ ।
शीतल निवासमा ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठकमा राष्ट्रपतिको बंगलादेश भ्रमणबारे जानकारी गराइएको राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले जानकारी दिए ।
बैठकमा नेता केसीले जिम्मेवार बसेको ठाउँमा बसेको व्यक्तिले अहिलेको परिस्थिति सिर्जना भएको भन्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो घटनाक्रबारे आफ्ना केही भनाई राखेका थिए । राष्ट्रपति भण्डारी चैत ९ र १० गते दुई दिने बंगलादेश भ्रमणमा जाँदैछिन् । राष्ट्रप्रमुखले विदेश भ्रमणबारे दलका प्रमुख नेताहरुसँग छलफल गर्ने परम्परा रहेको छ ।
बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो, राप्रपाका प्रकाशचन्द्र लोहनी, नेमकिपाका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीहरू सहभागी थिए ।
बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधी, शशांक कोइाराला, माअोवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङ सहभागी थिए ।
नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बैठकमा सहभागी भएनन् ।




प्रतिक्रिया