काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राती १ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा २र२ रुपैयाँका दरले मूल्य बढाएको हो ।
मूलय बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय १८, डिजल र मट्टीतेलको मूल्य एक सय एक रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।




प्रतिक्रिया