माधव समूहको राष्ट्रिय भेला आजदेखि, प्रतिवेदन प्रस्तुत गर्दै नेता नेपाल

माधव समूहको राष्ट्रिय भेला आजदेखि, प्रतिवेदन प्रस्तुत गर्दै नेता नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु हुँदैछ ।

ललितपुरको सानेपास्थित हेरिटेज ब्याक्वेटमा आज र भोलि आयोजना हुने भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने बताइएको छ ।

भेलामा देशभरका २ हजार भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने एमालेका नेता योगेश भट्टराईले जानकरी दिए ।माधव नेपाल समूहले एमाले सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएकाले माओवादीसँग एकीकरणअघिकै संरचनामा पार्टी फर्किनुपर्ने बताएको छ ।

संस्थापन समूहले फागुन २८ गते विशेष केन्द्रीय कमिटी बैठकबाट गरेका निर्णय नमान्ने अडान नेपाल समूहको छ ।यसबीचमा दुवै समूहबीच वार्ता भएपनि सोही विषयमा सहमति हुन सकेको छैन ।

यसैबीच अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले आजको भेलामा सहभागी नहुन कार्यकर्तालाई आह्वान गरेका छन् । भेला आयोजना गर्ने र सहभागी हुनेमाथि कारवाही गरिने चेतावनी समेत महासचिव पोखरेलले विज्ञप्तिमार्फत दिएका छन् ।