माधव समूहको भेलामा पुराना कम्युनिष्ट नेताहरु सहभागी

माधव समूहको भेलामा पुराना कम्युनिष्ट नेताहरु सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधव कुमार नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्युनिष्ट नेताहरु सहभागी भएका छन् ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजबाट सुरु भएको भेलामा पुराना कम्युनिस्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, राधाकृष्ण मैनाली, कमल कोइराला सहभागी भएका हुन् ।

सक्रिय राजनीतिबाट टाढा रहेका पुराना कम्युनिष्ट नेता अधिकारी लामो समयपछि सर्वजनिक राजनीतिक कार्यक्रममा देखिएका हुन् ।

यस्तै भेलाका लागि विभिन्न जिल्लाबाट नेपाल समूहका नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् । आजको भेलालाई नेता सुरेन्द्र पाण्डेले सञ्चालन गरिरहेका छन् ।