प्रधानमन्त्री ओलीलाई अष्टलक्ष्मीको निम्तोः भेलामा आइदिनुस्

प्रधानमन्त्री ओलीलाई अष्टलक्ष्मीको निम्तोः भेलामा आइदिनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राजीनामा दिन आग्रह गरेकी छन् ।

बुधबार माधव नेपाल पक्षले गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी हुन् । त्यस्तै उनले कार्यकर्तालाई धम्की दिने र दुःख नदिन पनि चेतावनी दिएकी छन् ।

‘सच्चिनूस् रुपान्तरित हुनुस् । तपाई सच्चिनु भएन भने तपाईको आयु हामीले तोक्नु पर्दैन । अस्ती तपाईले प्रतिगमन गर्नुभएको छ । अदालले संसद पुनस्थापना गरेपछि तपाईले नैतिकताका आधारमा खुरुक्क राजीनामा दिनुपर्ने हो’, उनले भनिन्, ‘कार्यकर्ता पंक्तिमा पीडा दिने काम नगर्नुहोला । कार्यकर्ताको त्याग र इमान्दारिता बुझ्नूस् यसैमा तपाईको हित हुनेछ ।’

उपाध्यक्ष शाक्यले आफूहरुले भेला गर्दा प्रधानमन्त्री ओलीलाई पीडा भएको बताएकी छन् । उनले पार्टीले आयोजना गरेको भेलामा आउन कोही डराउनु नपर्ने बताइन् ।

‘हामीले भेला गर्दा बालुवाटार बस्ने ओलीलाई पीडा भएछ । त्यसपछि सबैलाई कारबाही गर्छौ भन्‍नु भएछ । त्यति मात्रै नपुगेर विज्ञप्ति पनि जारी भएछ,’ उनले भनिन्, ‘म सबैलाई भन्‍न चाहन्छु । पार्टीले आयोजना गरेको भेलामा आउन कोही डराउनु पर्दैन । यो कुनै गुटको भेला होइन एमालेको भेला हो । केन्द्रीय समितिले आयोजना गरेको भेला हो । ढुक्क भएर बस्नु होला ।’

उनले अध्यक्ष ओली समूह भेला आयोजना गर्दा डर र धम्की सहनु पर्ने भन्दै प्रश्न गरिन् । ‘के भेलामा आउन डराउनु पर्ने ? धम्की सहनुपर्ने ? म त्यसको निन्दा गर्न चाहन्छु,’ उनले भनिन्, ओलीलाई म अनुरोध गर्न चाहन्छु । तपाईले २८ गते जुन भेला गरेर हामी सबै पदाधिकारीलाई हटाउने काम गुटको भेलाबाट गर्यो । के त्यो विधानसम्बत् त हो ? त्यो निर्णयलाई फिर्ता लिएर यो भेलामा आइदिनुस् ।’

उपाध्यक्ष शाक्यले २८ गतेको भेला विधान विपरीत रहेको भन्दै उक्त भेलाको निर्णय फिर्ता लिन आग्रह गरेकी छन् ।
‘२८ गतेको भेला विधान विपरीत छ । त्यो गुटको भेला हो। अध्यक्ष र महासचिव मात्रै राखेर हामी पदाधिकारीलाई हटाउने निर्णय विधान सम्मत छ?,’ उनले भनिन्, ‘त्यो भेलाको निर्णय फिर्ता लिएर अहिले पनि समय छ यो भेलामा आइदिनुस ।’