काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सबै समस्याको जरो प्रधानमन्त्री केपी शर्मा अोली भएको आरोप लगाएका छन् ।
सोमबार राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीभित्र विग्रहका निम्ति जिम्मेवार भएको बताए ।
‘उहाँ नै सबै कामको, वितण्डा, पार्टीभित्र विग्रहको निम्ति उहाँ नै जिम्मेवार हुनुहुन्छ,’ उनले भने, ‘सबै समस्याको जरो केपी अोलीमा छ । जबज सिध्याउने काम तपाईले गर्नुभयो ।’
नेता नेपालले आफूहरु केपी शर्मा ओलीमा समाहित नभएको स्पष्ट पारेका छन् ।
‘हामी केपी ओलीमा समाहित भएका होइनौं । तपाई मात्रै अध्यक्ष भनेर संविधानमा लेखेको छ ?’, उनले प्रश्न गरे ।




प्रतिक्रिया