काठमाण्डु – जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले जसपाले आफ्नो नेतृत्वमा सरकार बनाउन नहुने तर्क अघि सारेका छन् ।
बुधबार सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कर्णले अरुको हत्केलामा भएको सरकार जुनसुकै बेला ढल्ने भएकाले जसपा सरकारमा जान नहुने बताए ।
‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुन बेला पल्टाइदिन्छ, त्यो बेला साफ हुन्छ’, उनले भने, ‘त्यसकारणले सरकारमा जानु अलग हो । सरकारलाई समर्थन गर्नु अलग हो ।’
त्यस्तै उनले आफूहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन् । नेता कर्णले संविधान संसोधन, नागरिकता लगायत जसपाले उठाउँदै आएका मुद्दाहरूलाई संवैधानिक र कानूनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएको बताए ।




प्रतिक्रिया