काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली गएका छन् । उनी ‘रि–फ्रेस’ हुनका लागि केहीबेरअघि सिन्धुलीतर्फ लागेका हुन् ।
प्रचण्ड तनाव हुँदा ‘रि–फ्रेस’का लागि कहिले सिन्धुली त, कहिले सिन्धुपाल्चोक पुग्ने गरेका छन् । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले औपचारिक कार्यक्रम नभएको बताए । नेता गजुरेलका अनुसार प्रचण्डलाई सिन्धुलीमा नेता गजुरेलको निवासमा बस्ने व्यवस्था मिलाइएको छ ।
प्रचण्ड भोलि बिहान सिन्धुलीको रातमाटामा ८ बजे हुने कार्यकर्ता भेटघाटमा सहभागी हुने नेकपा माओवादीका सिन्धुली अध्यक्ष राजन दाहालले जानकारी दिए ।




प्रतिक्रिया