माओवादी केन्द्रका नेता श्रीप्रसाद जबेगु एमालेमा प्रवेश

माओवादी केन्द्रका नेता श्रीप्रसाद जबेगु एमालेमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता श्रीप्रसाद जबेगु नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्वराज्यमन्त्री समेत रहेका जगेबुले माओवादी पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद् थिए । जबेगु २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षी विकास राज्यमन्त्री भएका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका जबेगु पार्टी एकतापछि जिम्मेवारीविहीन थिए ।