एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु

एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक केहीबेरअघि बालुवाटारमा सुरू भएकाे हाे ।

प्रमुख सचेतक विशाल भट्टराईले बुधबार नै माधव नेपाल पक्ष र वादेव गौतमसहित सबैलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको जानकारी दिए । बैठकमा संसद बैठक सञ्चालन, पार्टीभित्र देखिएका विवादबारे छलफल हुने उनले बताए ।

नेपाल समूहले प्रधानमन्त्रीले बोलाएको संसदीय दलको बैठक बहिस्कार गर्ने बताइसकेको छ । नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने बताएका हुन् ।