अन्नपूर्ण पोष्टमा समस्या :३३ जना पत्रकारले दिए सामूहिक राजीनामा

अन्नपूर्ण पोष्टमा समस्या :३३ जना पत्रकारले दिए सामूहिक राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकारहरुले सामुहिक राजीनामा दिएका छन् । अन्नपुर्ण पोष्टमा कार्यरत ३३ जना पत्रकारहरुले बैशाख ३ गतेदेखी लागु हुने गरी पत्रिकाका सम्पादक अखण्ड भण्डारीलाई राजीनामा दिएका हुन् । उनिहरुले वैशाख ३ गतेपछि पनि पाउनुपर्ने सेवा सुविधा,रोकिएको तलब भत्ता,संचयकोष,उपदानलगायत प्राप्त हुनुपर्ने सम्पूर्ण रकम नियमानुसार तोकिएको समयभित्र भुक्तानी दिनुपर्ने माग समेत गरेका छन् ।

राजीनामा दिएका संचारकर्मीहरुले पत्रिका बन्द गरी डिजिटाइजमा जाने निर्णय भएको र सबै जनाले राजीनामा दिनुपर्ने भनी सम्पादक अखण्ड भण्डारीले माथिको निर्देशन रहेको सुचना दिएको उल्लेख गरेका छन् ।

उनिहरुले कोरोना कालको तलब धत्ता भुुक्तानी गर्नुपर्ने माग राखिएको तर उक्त मागलाई सम्बोधन नगरी श्रमजीवि पत्रकारको दरबन्दी कटौती गर्न तारन्तार राजीनमाका लागी मात्र दबाव दिइएको बताएका छन् ।

त्यसले मानसिक तथा शारीरिक रुपले पनि कार्यालयमा उपस्थित भई कार्य गर्ने वातावरण नभएकाले बाध्य भई दवावपूर्ण अवकासस्वरुप रानीनामा दिएको संचारकर्मीहरुले सामूहिक राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनिहरुले राजीनामाको बोधार्थ सुचना तथा प्रसारण विभाग, प्रदेश नम्बर ३ को रजिष्ट्रारको कार्यालय र नेपाल पत्रकार महासंघलाई समेत पठाएका छन् ।

अन्नपूर्ण पोष्टको प्रकाशन नेपाल न्युज नेटवर्क इन्टरनेशनलका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गर्दै आएका छन् । उनले सिम्रिक नामक हेलिकोप्टर कम्पनी समेत संचालन गरिरहेका छन् । पछिल्लो समय अन्नपूर्ण पोष्टबाट धेरै पत्रकारहरुले राजिनामा दिएका छन् ।