काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
साढे ११ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बोलाइएको जसपा नेता केशव झाले जानकारी दिए । पछिल्लो समय सत्ता समीकरणको विषयलाई लिएर जसपाभित्र आन्तरिक द्वन्द्व चलिरहेको छ ।
महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरुले ओली सरकारमा जानुपर्ने अडान राख्दै आएका छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत नेताहरुले कांग्रेस, माओवादो गठबन्धनमा जानुपर्ने अडान लिँदै आएका छन् ।
नेता झाले आजको बैठकमा सत्तारुढ एमाले, कांग्रेस/माओवादी केन्द्र गठबन्धन कसलाई साथ दिने भन्ने विषयमा आजको बैठकले ठोस निर्णय लिने बताए ।
त्यस्तै विवादकै कारण जसपामा संसदीय दलको नेतासमेत चुनिन सकेको छैन । यिनै विषयवस्तु आजको बैठक केन्द्रीत हुने बताइएको छ ।




प्रतिक्रिया