नेपाल पक्षका सांसद एमाले संसदीय दलको बैठकमा जाने

नेपाल पक्षका सांसद एमाले संसदीय दलको बैठकमा जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षका सांसद बालुवाटार जाने भएका छन् ।

प्रधानमन्त्री केपी शमाृ अ‍ोलीले बिहीबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय दलको बैठकमा नेपाल समूहका सांसदहरु पनि उपस्थित हुने भएका हुन् ।

बैठकमा खनाल र नेपाल भने उपस्थित नहुने भएका छन् । बुधबार नेपाल पक्षले बैठकमा आफुहरु सहभागी नहुने बताएको थियो । नेपाल पक्षले सानेपामा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ ।

प्रधानमन्त्री ओली पक्षले गुटगत भेला रोक्न आग्रह गरेको थियो । तर, नेपाल पक्षले बुधबारबाट उक्त भेला जारी राखेको छ । पार्टीको विधि र विधान विपरित काम गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्री ओल्लिे चेतावनी दिइसकेका छन् ।