एमाले सिध्याउने खेलमा माधव नेपाल

एमाले सिध्याउने खेलमा माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका माधव कुमार नेपालले नेपालको सबैभन्दा शक्तिशाली कम्युनिष्ट पार्टी नेकपा एमालेलाई कमजोर बनाउने खेल सुरु गरेका छन् ।

फाुगनु १३ गते नेकपा नामको विवादलाई किनारा लगाउँदै सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले ब्युँताईदिएलगत्तै नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आफ्नो ‘अध्यक्ष’ पदको नेम प्लेट छोडेर एमालेमा फर्किएका थिए ।

संस्थापक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई पुनः एकताबद्ध बनाएर लैजाने प्रयासस्वरुप आयोजना गरेको धुम्बाराही बैठकमा सहभागी भए पनि सहमतिमा आउन नसकेका नेता नेपालले आफ्नो समूहका देशभरका समर्थक बटुलेर ‘राष्ट्रिय कार्यकर्ता भेला’ आयोजना गरेका छन् ।

उनले बुधबारबाट सुरु भएको राष्ट्रिय भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ शीर्षकको आठ पृष्ठको प्रतिवेदन पेश गरेका छन् ।

भेलामा पेश गरेको प्रतिवेदन हेर्दा लाग्छ त्यो कुनै राजनीतिक प्रतिवेदन हैन त्यो एक विलौनापत्र हो । नेता नेपालले उक्त प्रतिवेदनमा एमालेको विचार, राजनीति, रणनीति, कार्यनीति, पार्टीको कार्यदिशा लगायत केही पनि एजेण्डा उल्लेख गरेका छैनन् ।

उनले उक्त पतिवेदनमा नवौं महाधिवेशनमा आफु पराजित भएको, ओलीको लोकप्रियता धेरै बढेको, ओलीको नेतृत्वमा कम्युनिष्टहरुले असाधारण बहुमत ल्याएको जस्ता विषय उल्लेख छन् ।

एमाले–माओवादी एकतालाई मान्यता नदिने अदालतको फैसलालाई पनि उक्त प्रतिवेदनमा विरोध गरिएको छ । भनिएको छ, ‘संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई कानूनी व्याख्याद्वारा नेकपा एमालेलाई एकिकरणभन्दा अघिको अवस्थामा पुर्‍यायो । त्यो घटना कम्युनिष्ट आन्दोलनका लागि हामी आफैले कबुल गरेका वाचाहरुको प्रतिकुल थियो ।’

संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको अघिल्लो फैसलामा नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मिठाई जात्रा गरेका थिए । संसद ब्यूताउने सर्वोच्चको फैसलामा खुसी भएका माधव नेपाल एमाले ब्यूँताउने सर्वोच्चको सो फैसलाप्रति किन असन्तुष्ट भए ? बुझ्न गाह्रो छैन ।

नेता नेपालले पार्टीको फागुन २८ गतेको निर्णयलाई प्रतिवेदनको मुख्य विषय बनाएका छन् । महाधिवेशन आयोजनाका लागि नभई नहुने पार्टी अध्यक्ष र महासचिव पद बाहेक अरु पद खारेज गरी महाधिवेशन आयोजक कमिटी निर्माण गरिएको विषय नै मुख्य हो भनेर बुझ्न गाह्रो छैन ।

आश्चर्यको कुरा त के भने उनले उक्त प्रतिवेदनमा आफ्नो पक्षले गरेका कमी– कमजोरी, प्रचण्डसंगको मिलेमतोमा ओली सरकारलाई घेराबन्दी गरेर पाइला–पाइलामा अप्ठेरो पारेको कहीं कतै उल्लेख गरेका छैनन् ।

नेता नेपालले आफ्नो सहभागितामा विगतमा आफ्नै सरकारविरुद्ध तयार पारिएको अभियोग–पत्र, अविश्वासका प्रस्ताव, ओलीलाई सरकारमा बस्न नदिन खुमलटारमा दिनदिनै षड्यतन्त्र गरेको प्रशंग प्रतिवेदनमा कहीं कतै समावेश गरेका छैनन् ।

उनले देशभरबाट केही सय मानिस काठमाण्डु बोलाएर आफूले पद नपाएको, आफुले भनेजति आफ्ना मान्छेले राजनीतिक नियुक्ति नपाएको, आफूले मान सम्मान नपाएको, महाधिवेशनमा आफू पराजित भएको, केपी ओली लोकप्रिय भएकोजस्ता विषयहरुमा उल्लेख गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दुत बनेर आफ्नै पार्टीलाई सिध्याउने खेलमा लागेपछि नेता नेपाललाई उनकै निकट नेता तथा सांसदले छाड्न सुरु गरेका छन् ।

संकटको बेलामा नेतृत्व बचाउने र पार्टीलाई सहयोग गर्ने नेतालाई सम्मान गर्नुपर्नेमा उनीहरुलाई दिएको जिम्मेवारी खोसेर माओवादी केन्द्र तर्फ नै पठाउनु पर्ने नेपालको माग छ । जब कि उनीहरु सांसद् पद छाड्नुपरे छाड्ने तर एमाले नछाड्ने अडानका साथ एमाले पार्टीमा दृढ भएर उभिएका छन् ।

आफू र आफ्ना समूहका नेताको सांसद् पद खोसिने भएकै कारण प्रचण्डलाई छाडेर एमालेमा फर्किएका नेता नेपाल पार्टीलाई संगठित गराउने भन्दापनि भड्काउने र बिगार्ने षडयन्त्रमा लागेका छन् । यसैलाई बुझेर विगतमा उनलाई साथ दिँदै आएका सांसद् र केन्द्रीय सदस्यले नेपाललाई छाड्ने क्रम बढ्दै गएको छ ।

चीयापानमा विगतमा नेपाललाई साथ दिँदै आएका सांसद्हरू गोपाल बम, नजमा खातुन, माया ज्ञवाली, समिना हुसेन, गंगा चौधरी ‘सत्गौवा’, त्यस्तै केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ पनि कार्यक्रममा पुगेका थिए ।

समान्य अर्थमा माधव नेपाल

माधवकुमार नेपाल देशको राजनीतिमा निश्चित महत्वका व्यक्ति हुन् । उनले गर्ने निर्णयले देशको राजनीतिमा धेरै असर पर्दछ । हेर्दा शालीन देखिए पनि नेता नेपालले निर्णायक घडीमा बारम्बार खराब निर्णय लिएका छन् ।

उनले लिएका खराब निर्णयका कारणले देश र जनताले धेरै दुःख पाएका छन् । प्रचण्डसँग मिलेर केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने माधव नेपालको खराब निर्णय थियो ।

नेकपा एमाले सच्चा कम्युनिष्ट पार्टी नभएर सिद्धान्ततः एउटा वामपन्थी पार्टी हो । वामपन्थी पार्टीले धेरै प्रगतिशील चरित्र बोकेको हुन्छ । व्यवहारमा ढुलमुले तरिका अपनाए पनि वामपन्थी पार्टीमा कैयौं यस्ता गुण हुन्छन्, ती सच्चा कम्युनिष्ट पार्टीसँग पनि मेल खान्छन् ।

नेकपा एमालेको नेतृत्व झण्डै १५ वर्ष माधवकुमार नेपालले गरेका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओली भए पनि उनी अध्यक्षका प्रत्यासी हुन् । तिनै माधवकुमार नेपालले देशको राजनीतिमा लिएका कैयौं खराब निर्णयहरूको समीक्षा गर्नु उपयुक्त हुन्छ । त्यसले उनको वर्तमानमा कस्तो भूमिका रहन सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।