एजेन्सी – म्यान्मारकी लोकतान्त्रिक नेतृ आङ साङ सुकीलाई १५ वर्षको जेल सजाय हुनसक्ने भएको छ ।
भ्रष्टाचारको आरोप लागेकी सुचीलाई सेनाले म्यानमारमा सैन्य शासन लागू गर्न उचित देखाउनका लािग विभिन्न मुद्धाहरुमा दोषी ठहर्याउन थालेको छ ।
सुकीलाई म्यान्मारका जुन्ता शासकले भ्रष्टाचारको आरोप लगाएका थिए । भ्रष्टचारविरुद्धको कानुन उल्लंघन गरेकी सुकीलाई १५ वर्षको जेल सजाय हुन सक्ने सरकारी टेलिभिजन एमआरटीभीले जनाएको छ ।
टेलिभिजनमा सार्वजनिक एक रिपोर्टमा से पाइङ कन्सट्रक्सनका प्रमुख मुआङ विकले सुकीलाई सन् २०१८ देखि २०२० सम्म ५ लाख ५० हजार अमेरिकी डलर घुस दिएको स्वीकारेका छन् ।
गत फेब्रुअरी १ मा सेनाले सुकीको पार्टीले गत नोभेम्बरको चुनामा धाँधली गरेर बहुमत ल्याएको बताउँदै सैन्य कु गरेको थियो ।
हाल एक वर्षसम्म त्यहाँ संकटकाल घोषणा गरिएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार सुची, राष्ट्रपति विन मिन्टसहित अन्य शीर्ष नेताहरु अहिले सेनाको नजरबन्दमा छन् ।




प्रतिक्रिया