काठमाण्डु – नेकपा एमालेले गुटगत भेला गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ ।
बिहीबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले माधव नेपाल समूहले जारी राखेको गुटगत भेलालाई मध्यनजर गर्दै कारबाही प्रक्रिया अघि बढाउने भएको हो । बैठकले गुटगत भेला नगर्न र आत्मआलोचनासहित पार्टीका गतिविधिमा सहभागी हुन आह्वान गरिएको छ ।
‘गुटगत भेला नगर्न, पार्टी बाहेक अरु कसैको निर्देशन नमान्न र आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन अह्वान,अन्यथा बिधान अनुसार स्पष्टीकरण र कारवाहीको प्रक्रिया अगाडी बढाउने’, बैठकको निर्णयमा भनिएको छ ।




प्रतिक्रिया