ब्यूँतियो वाईसीएल, संगठनलाई चलायमान बनाउन राष्ट्रिय भेला गर्ने

ब्यूँतियो वाईसीएल, संगठनलाई चलायमान बनाउन राष्ट्रिय भेला गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेकपा  माओवादी केन्द्र निकट वाईसीएलले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ ।

काठमाण्डुमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको वाइसीएलका सचिव पुष्प ओलीले जानकारी दिए ।

उनले राष्ट्रिय भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने बताए । संगठनलाई चलायमान गराउनका लागि भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना गर्ने वाइसीएलले जनाएको छ ।

सचिव ओलीले राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट नै चुनिएर आउने बताए । साथै बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने समेत निर्णय गरेको छ ।