काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारको माैसम पूर्वानुमान गरेकाे छ ।स्थानीय वायुसँगै पश्चिमी वायुकाे सामान्य प्रभाव रहेकाले मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना समेत रहेकाे छ । राति देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया