हावाहुरीसहित वर्षाको सम्भावना, दिपालयको तापक्रम ३५ डिग्री सेल्सियस

हावाहुरीसहित वर्षाको सम्भावना, दिपालयको तापक्रम ३५ डिग्री सेल्सियस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय भई पहाडी भूभागमा पानी पर्ने सम्भावना देखिएको हो ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।