काठमाण्डु – करिब २ सय ३५ जना भन्दा बढी उद्योगी तथा व्यावसायी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २ सय ३५ भन्दा बढी उद्योगी ब्यवसायी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानसहित गोल्छा अर्गनाइजेशनका सन्चालक तथा दिवाकर गोल्छाका छोरा हितेश गोल्छा, उद्योगी ललित अग्रवाल, नेपाल टेलिभिजनका पूर्व अध्यक्ष सिताराम अग्रवाल, कृष्ण प्रसाई, विशाल बजार सन्चालक समितिका अध्यक्ष नरेन्द्र गुप्ता, ओमप्रकाश बंशल, जुगल किशोर धनावतलगायत एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलले खादा र माला लगाएर स्वागत गरेका थिए ।




प्रतिक्रिया