खोप किन्न विश्व बैंकले नेपाललाई आठ अर्ब ६२ करोड रुपैयाँ दिने

खोप किन्न विश्व बैंकले नेपाललाई आठ अर्ब ६२ करोड रुपैयाँ दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न विश्व बैंकले नेपाललाई आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ दिने भएको छ ।

सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले सो रकम उपलब्ध गराउन लागेको हो ।

बैंकको प्रधान कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिमा नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाइको छ ।

खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका निम्ति सहयोग रकम प्रदान गर्ने निर्णय भएको बताइएको छ ।