एजेन्सी – पाकिस्तानका प्रधानमन्त्रीकी धर्मपत्नी बुशरालाई पनि कोरोनाको संक्रमण पुष्टी भएको छ । पाकिस्तानी संचारमाध्यमलाई उदृत गर्दै द इण्डियन पेपरले यसबारे जानकारी दिएको हो ।
यसअघि पाकिस्तानका प्रधानमन्त्री ईमरान खान कोरोना भाईरसबाट संक्रमित भएपछि प्रधामन्त्री निवासमै अलग्गै बसिरहेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीइट गर्दै पाकिस्तानका प्रधानमन्त्रीको छिटो स्वार्थ्य लाभको कामना गरेका छन् ।




प्रतिक्रिया