राष्ट्रपति भण्डारी ढाकामा, बंगलादेशी समकक्षी हमिदद्वारा स्वागत

राष्ट्रपति भण्डारी ढाकामा, बंगलादेशी समकक्षी हमिदद्वारा स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुगेकी छन् । बंगलादेशको दुई दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति भण्डारी आज बिहान नेपाल एयरलाइन्सको न्यारोबडी जहाजमार्फत ढाका पुगेकी हुन् ।

बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन उनी त्यहाँ गएकी हुन् । राष्ट्रपति भण्डारीको साथमा ५४ सदस्यीय भ्रमण टोली रहेका छन् ।

उनलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीको स्वागतमा बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलमलगायत पनि उपस्थित थिए ।

त्यस क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले ‘गार्ड अफ अनर’सहित २१ तोपको सलामी दिएको थियो । त्यसपछि उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि पुगेकी थिइन् ।

आजै उनले समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता गर्नेछिन् भने प्रधानमन्त्री शेख हसिनालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।