सात दिनभित्र अविश्वास प्रस्ताव फिर्ता लिन मुख्यमन्त्री राईको निर्देशन

सात दिनभित्र अविश्वास प्रस्ताव फिर्ता लिन मुख्यमन्त्री राईको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइले एक साताभित्र अविश्वासको प्रस्ताव फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएका छन् ।

केहीबेरअघि बसेको एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका हुन् ।

सर्वोच्च अदालतले नेकपा नाको विवादलाई किनारा लगाउँदै नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताईदिएपछि पहिलोपटक बसेका दलको बैठकले यस्तो निर्देशन दिँदै संसदीय दलको विधान पारित गरेको एमाले सांसद गोपाल बुढाथोकीले जानकारी दिए ।