बंगलादेशकी प्रधानमन्त्रीको हत्या प्रयास गर्ने १४ जनालाई मृत्युदण्ड

बंगलादेशकी प्रधानमन्त्रीको हत्या प्रयास गर्ने १४ जनालाई मृत्युदण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका – बंगलादेशकी प्रधानमन्त्री शेख हसीनाको हत्या प्रयास गर्ने १४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

ढाका अदालतले दुई दशक भन्दा बढी अघि प्रधानमन्त्री शेख हसीनाको हत्या प्रयास गरेको आरोपमा मंगलबार १४ इस्लामी आतंकवादीलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

‘फैसला बमोजिम फायरिङ टोलीले कार्यान्वयन गर्ने एउटा उदाहरण प्रस्तुत गर्ने छ,’ न्यायाधीश अबु जफर मोहम्मद कामरुजामानले भने ।

ढाकाको विशेष अदालतले ९ जना अभियुक्तहरूको उपस्थितिमा उक्त फैसला सुनाइएको थियो । अन्य पाँच जना फरार छन् । सबै १४ जनालाई देशद्रोह र आपराधिक षडयन्त्रमा दोषी ठहराइएको थियो ।

बंगलादेशमा भएको घातक बम विष्फोट र हमलाका लागि जिम्मेवार प्रतिबन्धित आतंकवादी संगठनलाई संकेत गर्दै अभियुक्त अबु अब्दुल्ला भुइल्यानले उनले भने, ‘तिनीहरू हरकत उल जहाद अल इस्लामी (हूजी) का इस्लामी चरमपन्थी हुन् ।’

हूजीले मुस्लिम बहुल बंगलादेशमा कडा इस्लामी कानून स्थापना गर्न माग गर्दै आइरहेको छ । निर्वाचनताका आतंककारीहरूले सन् २००० को जुलाई १७ मा कलेजमा दुईवटा बम राखेका थिए । जहाँ हसीनाले सम्बोधन गर्ने कार्यक्रम थियो । प्रहरीले उक्त बम डिफ्यूज गरेको थियो ।

त्यसबेलादेखि बंगलादेशमा स्वदेशी इस्लामी समूहहरूमाथिको कारवाहीमा प्रहरीले १०० भन्दा बढी कट्टरपन्थी मारिसकेको छ । र एक हजार भन्दा बढी आतंकवादीहरु प्क्राउ परिसकेका छन् । सन् २०१८मा हसिनाको पार्टी अवामी लिगले बंगलादेशको साधारण चुनाव जितेको थियो । जसलाई उनलाई चौथो पटक दक्षिण एसियाली देशको प्रधानमन्त्री बनाएको थियो ।