प्रहरी विधेयक फेल गराउन खोज्ने सांसदलाई बिहार विधानसभाबाट घिसार्दै बाहिर निकालियाे

प्रहरी विधेयक फेल गराउन खोज्ने सांसदलाई बिहार विधानसभाबाट घिसार्दै बाहिर निकालियाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२३ मार्च, बुधबार बिहार विधानसभामा के भयो ?

नेता प्रतिपक्ष तेजस्वी यादव यसरी घटनाबारे जानकारी दिँदै भन्छन्, ‘आज बिहार विधानसभाले एउटा कालो कानून पेश गर्यो जसको विरोधमा हामी सबैजना एकमत थियौं । तर बिहारमात्रै होइन, देशको इतिहासमा यस्तो घटना पहिलो पटक घटित भएको हो । सदन भित्र प्रहरी बोलाइयो, एसपी र डीएम आफैंले सांसदलाई कुट्ने र घिसारेर बाहिर ल्याउने काम गरिरहेका थिए । महिला सांसद अनिता देवी, जो अति पिछडिएको समाजकी हुन्, उनको कपाल तानेर, साडी खोलेर, घिसारियो । आजको दिनलाई कालो दिनको रुपमा देशका जनताले याद राख्नेछन् ।’

सोसल मिडियामा पनि थुप्रै भिडियो भाइरल भइरहेका छन् जसमा सदनभित्र प्रहरी र प्रशासनका अधिकारीले सांसदमाथि लात र मुक्का बर्साइरहेको देख्न सकिन्छ ।

विधानसभाभित्र भएको हिंस्रक झडपमा दुई महिला सांसदसमेत कूल १२ सांसदलाई चोट लागेको छ । थुप्रै प्रहरी र मिडियाकर्मी घाइते भएका छन् । सबैलाई उपचारका लागि पीएमसीएचमा भर्ना गरिएको छ ।

नयाँ पुलिस विधेयकको विरोधः

बिहारका विपक्षले पछिल्लो केही दिनदेखि सदनभित्र सत्ता पक्षमाथि हमला गर्दै आएको छ । तर ताजा गतिरोधको जड बिहार विशेष सशस्त्र पुलिस विधेयक २०२१ हो जसलाई सरकारले भारी हंगामा र बबालबीच पनि मंगलबार सदनबाट पास गराइयो ।

विपक्षको आरोप अनुसार बिल पास भएपछि प्रहरीले यस्तो शक्ति पाएको छ कि उनीहरुले कुनै अदालती वारेन्ट बिना नै शंकाको आधारमा कसैलाई पक्राउ गरेर जेलमा राख्न सक्छ । यस्तै, सत्ता पक्षले भने यो बिल सामान्य पुलिसिङसँग सम्बन्धित नभई विशेष सशस्त्र प्रहरी बलसँग जोडिएको जानकारी दिएको छ ।

बिहारका नेता प्रतिपक्ष तेजस्वी यादवले बीबीसी हीन्दीसँग भने, ‘यो बिल लिएर आएर सरकारले प्रहरीलाई आफ्नो गुन्डा बनाउने कोसिस गरिरहेको छ । हिटलर झैं नीतीश कुमार पनि चाहन्छन् कि उनको इशारामा प्रहरी कुनै वारेन्ट बिना कसैलाई पनि उसको घरमा छिरेर पक्राउ गरोस् र जब हामी यो कालो कानूनको सदनभित्र विरोध गरिरहेका छौं तब प्रहरी बोलाएर हाम्रा सांसदलाई कुटिँदैछ । हामी जुन कानूनको विरोध गरिरहेका छौं, हामीविरुद्ध त्यहि कानून प्रयोग गरिँदैछ ।’

सदनभित्र के भयो ?

बिहारका विपक्षी नेताहरूले नयाँ प्रहरी विधेयकको विरोध गर्न विशेष रणनीति अपनाएका थिए । एकातिर तेजस्वी यादवको नेतृत्वमा कार्यकर्ता र समर्थकहरूले सडकमा प्रदर्शन गरिरहेका थिए भने अर्कोतिर विपक्षी विधायकहरूले सदन भित्र हंगामा गरिरहेका थिए ।

हल्लाको बीचमा सदनको कामकारवाही बारम्बार स्थगित गरियो । प्रदर्शन गरिरहेका विधायिकाहरू सभामुखको कुर्सी नजिक पुगे । स्पिकरको हातबाट बिधेयकको कपी च्याते ।

विपक्षीहरूले यत्तिको हंगामा गरे पनि सत्तारुढ दल विधेयक पारित गर्नमा अडिग थिए । यो प्रस्ताव पारित गर्नका लागि सभाको बैठक सुरु गर्न धेरै प्रयत्न गरियो । तर विपक्षीहरूले सभामुखलाई सभामा उपस्थित हुन नदिनको लागि उनको कोठा अगाडि घेरा हाल्न सुरु गरे ।

केही समय पछि प्रहरीलाई सदन भित्र बोलाइयो । दुबै एसएसपी र पटनाका डीएम भीड नियन्त्रणका लागि खटिए । प्रहरी र प्रशासन सदनमा प्रवेश गर्ने बित्तिकै विपक्षी विधायिकाको प्रदर्शन उग्र नै भयो । विधायकसँग तनावको अवस्था सिर्जना भयो र एसेम्ब्ली मार्शलले तिनीहरूलाई घिसारेर बाहिर तान्न थाले ।

प्रहरीले पुरुष विधायकहरुसँग यस्तो व्यवहार गरेको देखेर विपक्षी महिला विधायिका पनि सभामुखको छेउमा पुगे र प्रदर्शन गर्न थाले । त्यसपछि महिला पुलिस बलले जबरजस्ती उनीहरुलाई पनि घिसार्दै बाहिर ताने ।

पुरुष विधायिकामध्ये राजदका सुधाकर सिंह, सीपीआईएमका सत्येन्द्र कुमार, राजदका सतीश दास, महिला विधायक प्रतिमा कुमारी र अनीता देवी गम्भीर घाइते भएका छन् ।

कुटपिटको घटना पछि सदन फेरि सुरु भयो । यद्यपि विपक्षी दल यस पटक सभाबाट बाहिर निस्के । यद्यपि नयाँ प्रहरी विधेयक विपक्षीको उपस्थिति बिना सदनद्वारा पारित गरियो ।