काठमाण्डु – प्रदेश नं. १ मा नेकपा एमालेले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।
दलका नेता मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बुधबार बसेको बैठकले १५ सदस्य रहेको बोर्ड गठन गरेको हो । बोर्डको सदस्यमा माधवकुमार नेपाल समूहका सांसदहरूलाई पनि राखिएको छ ।
बोर्डको सदस्यमा नेपाल समूहका यशोदा अधिकारी, तुलसी न्यौपाने र लिलाबल्लभ अधिकारी रहेका छन् । त्यस्तै अन्य सदस्यहरू उपनेता, प्रमुख सचेतक, सचेतक, जसमाया गजमेर, आशारत्न जवेगु, विमल कार्की, काजीमान कागते, बिर्खबहादुर प्रधान, ज्ञानेन्द्र राजवंशी, अम्बिका थापा र लिलम बस्नेत छन् ।
यस्तै बैठकले संसदीय दलको विधानसमेत पारित गरेको छ । एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दिएको जानकारीअनुसार बैठकले दलको विधान पारित गरेको हो । प्रदेश १ सभामा नेकपा एमालेका ५० सांसद छन् । तिमध्ये नेपाल पक्षका १६ सांसद छन् ।





प्रतिक्रिया