काठमाण्डु – नेपालको सबै भन्दा धेरै विक्री हुने ब्रान्ड एलजीले नयाँवर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान, “हार्दिक बधाई तपाईलाई यस नयाँ वर्ष विशेष सबैलाई”जारी गरेको छ ।
यस योजनाअन्तर्गत एलजीको लागी नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामानहरुको खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ । नर्मल र स्मार्ट एलइडी टिभि, एयर प्युरिफायर, भ्याकुमक्लीनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् ।
यस अफरमा ग्राहकहरुले साइड बाइ साइड डोर रेफ्रिजेरेटरकोे खरिदमा १४४९० मूल्यको फ्री माइक्रोवेभ ओभन र डबल डोररेफ्रिजेरेटरकोे खरिदमा २४५० मूल्यको फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा २८०० मूल्यको फ्री खाना पकाउने किट, डिस वासर र वासिङ मशिन फ्रन्ट लोड (९ केजीमाथि)को खरिदमा ५२३० मूल्यको फ्री भेजीटेबल प्युरिफायर, वासिङ मशिन फ्रन्ट लोड (८ केजी सम्म) को खरिदमा २६५० मूल्यको फ्री इलेक्ट्रीक केटल रवासिङ मशिन टप लोडको खरिदमा १०२० मूल्यको फ्री ड्राइ आयनप्राप्तगर्न सक्नेछन् ।
साथै हरेक एयर कन्डिस्नरको खरिदमा ग्राहकहरुले ४०००मूल्यको फ्री जडान सेवा प्राप्त गर्न सक्नेछन् । यो योजना नेपाल अधिराज्यभरि चैत्र ११ गते देखि सिमित अवधिको लागि लागू गरिएको छ ।




प्रतिक्रिया